
हेटौडा। वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले फजुल खर्च घटाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
आज वागमती प्रदेशसभामा विश्वासको मत माग्दा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पाण्डेले आर्थिक अनुशासन पूर्ण रुपमा पालना गर्दै फजुल खर्च घटाउने र आम्दानी बढाउने बताएका हुन् ।
‘आर्थिक अनुशासन पूर्ण रुपमा पालना गर्छौं, फजुल खर्च घटाउँछौं, अति आवश्यक तथा नगरी नहुने खर्चलाई व्यवस्थित गर्छौं,’ मुख्यमन्त्री पाण्डेले भने ।
मुख्यमन्त्री पाण्डेले यसअघिको सरकारले गरेको कामको स्वेत पत्र जारी गर्ने पनि बताएका छन् । उनले प्रदेशको आम्दानी बढाउने र जनताको जायज माग पूरा गर्ने पनि बताए ।










