
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल भइरहेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
बैठकमा आन्तरिक सांगठनिक, पार्टीको राष्ट्रिय सम्मेलन लगायतका बिषयमा छलफल भइरहेको छ । माओवादीको आगामी पुसमा राष्ट्रिय सम्मेलन हुँदैछ। त्यसअघि पार्टीका हरेक जनबर्गिय संगठनलाई व्यवस्थित बनाउने प्रयासमा माओवादी केन्द्र रहेका छ ।










