एमसीसीको व्याख्यात्मक घोषणा यसअघिका घोषणा भन्दा फरक हो : अध्यक्ष नेपाल


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले एमसीसीको व्याख्यात्मक घोषणा यसअघि गरिएका घोषणा भन्दा फरक रहेको बताएका छन् । महाकाली सन्धी र अन्य समयमा गरिएका घोषणाको बारेमा जानकारी दिदै यो घोषणा फरक भएको बताएका हुन् ।

मंगलबार बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा एमसीसी अनुमोदनबारे प्रष्ट्याउन आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले व्याख्यात्मक घोषणाको बारेमा विस्तृत रुपमा जानकारी गराएका छन् ।

सम्मेलनमा उनले एमसीसीको पक्षमा उभिनुका कारण समेत बताए । पुर्व प्रधानमन्त्री समेत रहेका नेपालले व्याख्यात्मक घोषणाको अर्थ छैन भन्नेलाई ज्ञानको कमी भएको टिप्पणी समेत गरेका छन् । उनले भने, ‘केही पनि होइन यो भनेर जसरी प्रचार गर्न खोजिएको छ, यो अन्तर्राष्ट्रिय सन्धी सम्बन्धि व्यवहारको ज्ञान नभएका अज्ञानीहरुको कुरा मात्रै हो त्यो ।

उनीहरुलाई यो पनि थाहा छैन कि २०७७ सालमा सन्धी सम्बन्धी नियमावली जारी भएको थियो । त्यसमा कुनै पनि सन्धीका साथमा त्यसलाई अगाडि प्रस्तुत गर्‍यो भने त्यससँग त्यो जोडिन पुग्दछ भन्ने व्यवस्था गरेको छ । त्यही आधारमा व्याख्यात्म घोषणा तयार भएको हो ।’

सिंगो संसदले व्याख्यात्मक घोषणा गरेको र त्यसलाई अमेरिका र चीनले समेत स्वागत गरेको दावी गर्दैै विरोधको कुनै अर्थ नहुने नेपालको भनाइ छ ।

१२ बुँदे व्याख्यात्मक घोषणबाट एमसीसीबारेका भ्रम चिर्ने प्रयास गरिएको भन्दै नेपालले नेपालको संविधानभन्दा माथि केही नरहेको समेत बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार