
काठमाडौं । अमेरिकी उच्चस्तरीय संसदीय टोली नेपाल आएको छ। सिनेटर किर्स्टन जिलीब्रान्डको नेतृत्वमा अमेरिकी उच्चस्तरीय संसदीय टोली आज नेपाल भ्रमणको लागि काठमाडौं आइपुगेको हो ।
नेपालस्थित अमेरिकी दूतावासले जनाएहनुसार भैमण टोलीमा सिनेटरहरू शेल्डन व्हाइटहाउस, कोरी बुकर, मार्क केली र प्रतिनिधी सभा सदस्य मोन्डेयर जोन्स पनि सामेल छन् । नेपाल–अमेरिका सम्बन्धको ७५ औं वर्ष मनाउने पूर्वसन्ध्यामा यो उच्चस्तरीय भ्रमण भएको दूतावासको भनाई छ ।
युक्रेनमाथि रुसी हमालाविरुद्धको मत एक बनाउन, हिमालय क्षेत्रमा जलवायु परिवर्तनबारे छलफल गर्न र द्विपक्षीय सम्बन्धलाई मुख्य एजेन्डा बनाएर अमेरिकी सांसदीय टोली नेपाल आइपुगेको हो।
संसदीय टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य सरकारी अधिकारी तथा राजनीतिक दलका नेतृत्वसँग भेटघाट र विभिन्न विषयमा छलफल गर्ने कार्यक्रम रहेको दूतावासको भनाई छ । टोली आइतबार स्वदेश फर्किने छ ।










