
काठमाडौं । कपिलवस्तुमा एक वडाध्यक्ष उम्मेदवारको मृत्यु भएको छ । जिल्लाको बुद्धभुमि नगरपालिका वडा नम्बर-८ को वडा अध्यक्षका उम्मेदवार ४१ बर्षीय ओमप्रकाश तिवारीको मृत्यु भएको हो । नेकपा एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवार बनेका तिवारीको एक्कासी मुटुमा समस्या देखिएपछि भारतको लखनऊमा उपचारका लागी लगिएको थियो । तिवारीका एक श्रीमती, तीन छोरी र एक छोरा छन्।
उम्मेदवारको नै मृत्यु भएपछि पालिका निर्वाचन प्रक्रिया स्थगित भई सम्बन्धित वडाको लागि पुनः मनोनयन देखिको चुनावी कार्यक्रम सुरु हुने र तोकिएकै मितिमै निर्वाचन हुने जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ ।










