बागलुङको जैमिनी नगरपालिका–९ मा ५ मत अन्तरले एमाले विजयी

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–९ पैयुँथन्थापमा नेकपा एमाले विजयी भएको छ । एमालेबाट वडाध्यक्ष उम्मेदवार इन्द्र थापा विजयी ५ मत अन्तले विजयी भएका हुन् । उनले ६ सय ३ मत प्राप्त गरेर विजयी भए भने उनका प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदवार भगिन्द्र कुमार थापा ५ सय ९८ मत प्राप्त गरेका छन् ।

वडा अध्यक्षमा एमालेका थापा विजयी भए पनि सदस्यमा संयुक्त गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महिला सदस्यमा गठबन्धनका शान्तकला शर्मा, दलित महिला सदस्यमा मिना परियार, खुल्ला सदस्यमा नवीन थापा र नरजंग राना विजयी भएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार