विवादपछि रोकिएको भरतपुरको मतगणना सुचारु


चितवन । चितवनको भरतपुर महानगरपालिकाको मतगणनाका पुनह सुचारु भएको छ । मतगणनास्थल अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा बसेको सर्वदलीय बैठकमा सहमति जुटेपछि मतगणना सुरु गरिएको हो ।

सहायक निर्वाचन अधिकृत पुरुषोतम पौडेलले मतपत्रमा स्वस्तिक छाप पूर्णरुपमा लागेको र क्रस चिह्न प्रष्ट देखिने मतलाई मात्रै सदर गर्नेगरी सहमति भएपछि मतगणना सुचारु भएको बताए । नेकपा एमालेका प्रतिनिधिका अनुसार छाप प्रस्ट नभएको भन्दै अन्य दलका प्रतिनिधिले सूर्यमा परेको मतलाई ‘बदर’ गराउन खोजेपछि विवाद भएर मतगणना रोकिएको थियो ।

५१ सय ७७ मतगणना सकिँदा मेयरकी उम्मेदवार रेनु दाहालले १ हजार ८६६ मत पाएर अग्रता कायम राखेकी छन् भने एमाले मेयरका उम्मेदवार विजय सुवेदीले १ हजार ८१४ मत प्राप्त गरेका छन् त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ खतिवडाले ६१९ मत पाएका छन् ।

यस्तै उपमेयरमा काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले २हजार ५० मत पाउँदा राप्रपाकी हिमला गुरुङले १ हजार ४५१ मत पाएकी छन् ।
माओवादी अध्यक्ष प्रचण्डको गृह पालिका भएकाले पनि सबैको ध्यान भरतपुरतीर तानिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार