
कंचनपुर । कंचनपुरको बेलौरी नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादीबाट पोतिराम चौधरी ८ हजार ७८७ मत प्राप्त गर्दै मेयरमा दोस्रो कार्यकालका लागि विजयी भएका छन् । उनले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका कमला बोहरालाई १ हजार ९ सय ८४ मत र नेपाली कांग्रेसका हरेन्द्र सिह बिष्टलाई २ हजार ४ सय ७५ मत अन्तरले हराउँदै मेयरमा निर्वाचित भएका हुन् । एमालेकी बोहराले ६ हजार ८ सय ३ मत र काँग्रसका विष्टले ६ हजार ३ सय १२ मत प्राप्त गरेका थिए।
त्यस्तै उपमेयरमा एमालेका जोगराम चौधरी निर्वाचित भएका छन्। चौधरीले ७ हजार ५ सय ८३ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी माओवादीकी मञ्जु शाहीले ६ हजार ८ सय ३५ र कांग्रेसकी खिना भण्डारीले ६ हजार ६ सय १३ मत पाइन्।
१० वडा रहेको नगरपालिकामा एमालेले सबैभन्दा बढि २, ३, ४ र ६ वडाध्यक्ष जितेको छ भने माओवादीले वडा नम्बर १, ८, ५ र १० मा जितेको छ भने नेपाली कांग्रेसले वडा नम्बर ७ र ९ मा जितेको छ ।










