
काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सांसद लक्ष्मी कुमारी चौधरीले चुनावको बेला टोल – टोलमा मतपत्र पुर्याउन सक्नेले अहिले विद्यार्थीलाई किताब पुर्याउन किन नसकेको भन्दै प्रश्न गरेकी छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनले विद्यार्थीलाई किताब पुर्याउन नसकेकोमा प्रश्न गरेकी हुन् ।
सांसद चौधरीले भनिन् ‘समय अनलाइनबाट पढाइ हुने आइसकेको छ। तर, हामी विद्यार्थीहरुलाई किताब उपलब्ध गराउन सकिरहेका छैनौं,यो निकै दुखको कुरा हो ।
‘चुनावमा टोल टोलमा हामी मतपत्र पुर्याउन सक्ने, पत्रिका घरघरसम्म पुर्याउन सक्ने, तर नियमित विद्यार्थीलाई किताब पुर्याउन सक्दैनौ ।’ उनले राज्यको प्राथमिकतामा विद्यालय किन परेन भन्दै प्रश्न समेत गरिन्। ‘हामीले जुन विद्यालयमा भविष्य देख्न सक्दैनौं त्यस्तो विद्यालयमा जनताका छोराछोरीलाई कसरी जाउ भन्ने , विद्यालय कजेल राजनीतिक थलो बनेका छन् । त्रिविमा तालाबन्दी भएको कतिभयो, यो हरिबिजोगको अन्त्य कहिले हुन्छ ’ उनले भनिन्।
उनले सेवा सुविधाको हिसाबले नीजि विद्यालय भन्दा दोब्बर सुविधा सामुदायिक विद्यालयमा रहेको भन्दै जिम्मेवारी र दायित्वमा पछाडि परिएको समेत बताएकी छन् ।










