
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पेट्रोलियम पदार्थमा लाग्ने कर तत्काल घटाउन सरकारसँग आग्रह गरेका छन्। मूल्यवृद्धिले जनतालाई समस्या भएको भन्दै भन्दै पेट्रोलियम पदार्थ, पूर्वाधारलगायतमा लगाइने कर तत्कालका लागि नलिन सरकारसँग आग्रह गरेका हुन् ।
जनतालाई महँगीका बेला सरकारले राहत दिनुपर्ने उनको भनाइ छ। उनले ट्वीट गर्दै भनेका छन्,‘जनतालाई महंगीको चपेटावाट बचाउन र आर्थिक गतिविधि गतिशील बनाई राख्न सरकारले पेट्रोलियम पदार्थको मूल्यमा लाग्ने कर घटाउनुपर्छ।’
उनले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य नघट्दासम्म पूर्वाधारलगायत विभिन्न शीर्षकका कर नलिन सरकारसँग आग्रह गरेका छन्। कोइरालाले प्रतिलिटर २६।६२ रूपैयाँ मूल्य नघट्दासम्म ती कर नलिने सरकारले निर्णय गर्नुपर्ने बताएका छन्।










