रवि लामिछानेको पार्टी निर्वाचन आयोगमा दर्ता, गोलाकार भित्रको घण्टी चुनाव चिन्न


काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता गराएका छन् । उनको पार्टीको नाममा परेका दुई वटा उजुरी निर्वाचन आयोगले खारेज गरेपछि आज उनले दल दर्ता गराएका हुन् ।

दर्ता पछि आजै उनले दल दर्ताको प्रमाणपत्र समेत पाएको निर्वाचन आयोगले जनाएको छ । यसअघि उनको पार्टीको नाममा दुई वटा उजुरी परेको थियो । ऐनमा कतै पनि कुनै नामका आधारमा पार्टीको नाम हुने वा नहुने भन्ने व्यवस्था नभएकोले सो उजुरीको कुनै औचित्य नभएको आयोगले ठहर गरेको छ । स्वतन्त्र शब्द दलको नाममा राख्न नहुने माग गर्दै आयोगमा लामिछानेको पार्टीविरुद्ध २ उजुरी समेत परेको थियो ।

त्यस्तै आजै उनले आफ्नो पार्टीको चुनाव चिन्न पनि पाएका छन् । पार्टीको चुनवा चिन्न भने गोलाकार भित्रको घण्टी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार