एसईईको नतिजा साउन पहिलो हप्ता सार्वजनिक हुने

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन पहिलो हप्ता सार्वजनिक हुने भएको छ । माध्यामिक शिक्षा परीक्षा ९एसईई० परीक्षा नियन्त्रण कार्यलयका अनुसार नतिजा प्रकासनको सबै तयारी अन्तिम चरणमा रहेकाले साउनको पहिलो हप्ता नतिजा सार्वजनिक गरिन लागेको हो ।

देशभरका परीक्षण केन्द्रहरुबाट विद्यार्थीको उत्तरपुस्तिका केन्द्रमा ल्याउन बढी समय लागेकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए । यसअघि असार मसान्तभित्र नतिजा सार्वजनिक गर्ने कार्यलयले बताउँदै आएको थियो ।

देशभरका ५६ परीक्षण केन्द्रहरुबाट उत्तरपुस्तिका असार २१ गते एसईई परीक्षा नियन्त्रण कार्यलयमा जम्मा गरिएको थियो।

राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष विद्यार्थीहरुको प्राप्ताङ्क प्रदेशले नै अपडेट गर्ने बताउँदै आएको थियो । तर, प्रदेशले अपडेट गर्ने सफ्टवेयर जडान भइनसकेकाले यो पटक केन्द्रबाटै सबै नतिजा सार्वजनिक हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

२०७९ वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन भएको २०७८ सालको एसईईको परीक्षण भइसकेको उत्तरपुस्तिकालाई सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा जम्मा गरिएको थियो ।

यसबर्ष जापानबाट एसईई परीक्षा दिएका विद्यार्थीको उत्तरपुस्तिका पनि नेपालमा नै ल्याएर परीक्षण गरिएको कार्यालयले जनाएको छ ।

यसबर्ष देशभरका २ हजार ७ परीक्षा केन्द्रबाट ५ लाख १४ हजार ७ सय ६० विद्यार्थीले परिक्षा दिएका थिए ।
जापानमा सञ्चालित एक विद्यालयबाट २० विद्यार्थीले दिएको एसईई परिक्षाको नतिजा पनि संगै सार्वजनिक गरिने परीक्षा नियन्त्रक रायमाझीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार