पूर्वमन्त्री झाक्रीलाई संकेत गर्दै मन्त्री मेटमणि चौधरीले भनेः ‘मन्त्रीबाट जाँदा हाँसेरै जान्छु’

काठमाडौं । सहरी विकासमन्त्री मेटमणि चौधरीले मन्त्री पदबाट हट्दा कुनै गुनासो र निरासा नहुने बताएका छन् ।
मन्त्री हुँदा आफु हाँसेरै आएको र मन्त्रीबाट जाँदा पनि आफू हाँसेरै जाने टिप्पणी गरेका छन् ।

आज संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् । बैठकमा सांसदहरुले निवर्तमान सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मन्त्रालयबाट बिदाई हुँदा रोएकोतर्फ संकेत गर्दै मन्त्री चौधरीलाई हाँसेरै जान शुभकामना दिएपछि उनले यस्तो बताएका हुन् ।

‘म मन्त्री हुँदा पनि हाँसेर आएको थिए र मन्त्रीबाट जाँदा अझ बढि हाँसेर जानेछु’, मन्त्री चौधरीले भने । उनले पदमा रहुञ्जेलसम्म सबैको सुझावलाई ग्रहण गर्दै सोहिअनुसार अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

मन्त्री चौधरीले सरकारले एक हप्ता भित्र ‘सहरी विकाससम्बन्धि नीति’ सार्वजनिक गर्ने पनि जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार