
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले दुई संचारमाध्यमविरुद्ध प्रेस काउन्सिलमा क्षतिपुर्तीसहित कारवाहीको उजुरी दिएका छन् । मेयर साहले आज नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका हुन् ।
बजेट विनियोजनका बिषयमा महानगरविरुद्ध भ्रामण समाचार प्रकाशन र प्रसारण गरेको भन्दै मेयर साहले कारवाहीका लागि उजुरी दर्ता गराएको बताएका छन् ।
मेयर साहले एक विज्ञप्ती जारी गर्दै महानगरबारे प्रकाशित र प्रसारण समाचार तथ्यहिन, भ्रामक र कपोलकल्पित भन्दै आफ्नो गम्भिर ध्यानाआर्कषण भएको बताएको छन् ।
नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनमा केही दिन अघि काठमाडौं महानगरले मेयर साहलाई चुनाव जिताउन सहयोग गर्ने रुटिन अफ नेपाल बन्दलाई आर्थिक वर्ष २०७९/८० को बजेट उपलब्ध गराएको भनि समाचार प्रकाशन तथा प्रसारण गरेका थियो ।
महानगरले त्यस्तो कुनै अमुक संस्थालाई बजेट नछुट्याएको मेयर साहको दावी छ।











