काठमाडौं । अब नेपालमा जेलमा रहेका कैदीले बिहे र बच्चा जन्माउन पाउने भएका छन् । सरकारले ल्याएको ‘कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ आज संसदबाट सर्वसम्मत रुपमा पारित भएपछि अब कैदीहरुले त्यस्तो सुविधा पाउने भएका हुन् ।
विधेयकमा भएको ब्यवस्थाअनुसार गर्भवती कैदीलाई जेलबाहिर बस्ने छुट समेत दिइएको छ ।
२९ मंसिर २०७६ मा संसदमा दर्ता भएको यो विधेयक २ वैशाख २०७८ मा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेर संसदमा पेश गरेपछि आज सर्वसम्मत रुपमा पारित भएको हो।
सरकारले खुला कारागारको अवधारणालाई यो विधेयकमा समेट्दै ‘कैदीबन्दीको मानवअधिकारलाई सुरक्षित गरिएको छ । संसदमा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले कैदीहरुको समेत नागरिक अधिकार सुरक्षित गर्दै बिहे र प्रजननको अधिकार दिइएको बताए ।
‘विधेयकले ब्यवस्था गरेअुनसार कारागारमा बन्दीको रहेका वैध दम्पतीको प्रजनन् अधिकार संरक्षण गर्ने प्रयोजनका लागि तोकिए वमोजिम भेटघाट गर्ने अनुमति दिनु भनिएको छ।










