जनार्दन शर्मा नै फेरि अर्थमन्त्रिमा नियुक्त हुँदै, आजै बेलुका शपथ

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त हुने भएका छन् । माओवादीका अध्यक्ष प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई पुनः अर्थमन्त्रीमा नियुक्त गर्न सिफारिस गरेपछि उनि अर्थमन्त्री हुन लागेका हुन् ।

माओवादी स्रोतकाअनुसार नेता शर्माले आजै बेलुका अर्थमन्त्रीमा शपथ लिने तयारी छ ।

आर्थिक वर्ष २०७९र८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालयमा छिराएर करको दर हेरफेर गरेको आरोप लागेपछि नेता शर्माले गत असार २२ गते राजीनामा दिएका थिए । उनलाई लागेको आरोपबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले शुक्रबार बजेट निर्माणको क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको प्रतिवेदन बुझाएपछि शर्माले सफाई पाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार