
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा स्वदेश फर्किएकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी समेत रहेकी आरजु आज भारतको दिल्लीबाट उपचार गरेर स्वदेश फर्किएकी हुन् ।
पाठेघरमा समस्या भएपछि चिकित्सकको सल्लाहअनुसार आरजु दिल्ली गएकी थिइन् । उनको पाठेघरको शल्यकृया गरिएको छ । पारिवारीक स्रोतकाअनुसार अहिले उनको स्वास्थ्यस्थिती सामान्य छ ।
दिल्लीमा रहँदा माओवादी अध्यक्ष प्रचण्डको भारत भ्रमणका क्रममा आरजु र प्रचण्डबीच समेत भेटवार्ता भएको थियो । भारतीय नेताको उपस्थितीमा उनीहरुबीच भएको भेटवार्तालाई विभिन्न कोणबाट चर्चा गरिएको थियो ।










