
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज साँझ राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित शपथ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्मालाई शपथ गराएकी हुन् ।
शपथ कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नी सापकोटाको उपस्थिती रहेको थियो ।
बजेट निर्माणका क्रममा अनधिकृत रुपमा बाहिरको ब्यक्तिलाई अर्थमन्त्रालयमा छिराएर करका दर हेरफेर गरेको नेकपा एमालेको आरोपपछि नेता शर्माले पदबाट राजीनामा गरेका थिए ।
उनिमाथि लागेको आरोपबारे छानविन गर्न बनेको संसदीय छानविन समितिले अर्थ मन्त्रालयमा त्यस्तो अनधिकृत रुपमा कोहि पनि ब्यक्ति छिरेको नपाइएको भन्दै शर्मालाई सफाई दिएपछि उनि पुनः अर्थमन्त्री बन्ने बाटो खुलेको थियो ।










