
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको विज्ञ सल्लाहकारमा डा. शालिकराम पोखरेल नियुक्त भएका छन् ।
डा. पोखरेल नेपाल राष्ट्र बैंकको उपनिर्देशक हुन् । अर्थमन्त्रीको विज्ञ सल्लाहकारको रुपमा काम गर्न उनलाई काजमा मन्त्रालय तानिएको बताइएको छ ।
दोस्रो पटक अर्थ मन्त्रालयमा प्रवेश भएसँगै यसअघि शर्माले सञ्चार विज्ञका रुपमा मनऋषि धिताललाई नियुक्त गरेका थिए । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश सम्बन्धमा संसदीय समितिले गरेको छानवियमा निर्दोष सावत भएपछि उनि पुनः अर्थ मन्त्रालय फर्किएका थिए।









