रुकुम । तीन बर्षिय नाबालिका बलात्कार गर्ने एक अभियुक्तलाई २५ वर्षको कैद सजायको सुनाइएको छ । रुकुमकोट जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको एकल इजलासले सिस्ने गाउँपालिका–५ बाहुनठानाका ३० वर्षीय मदन भनिने भरत गौतमलाई १९ वर्ष कैद र पटके कसुरमा थप ६ वर्ष गरी २५ वर्ष कैद सजायको फैसला गरेको हो ।
यो फैसला संगै अभियुक्त गौतमबाट पीडितलाई क्षतिपूर्तिवापत रु एक लाख भराइदिने समेत अदालतले फैसला गरेको छ ।
तीन वर्षीया बालिकालाई गत माघ २१ गते कोठामा लगी गौतमले बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । आफ्नै घरको आँगनमा खेलिरहेकी बालिकालाई उनले ललाई फकाई बलात्कार गरेका थिए । उनि यसअघि पनि जबर्जस्ती करणी उद्योगमा पाँच वर्ष जेल सजाय भुक्तानी गरिसकेका ब्यक्ती हुन ।