चीनमा चिया निर्यात गर्न सके भारतमा भन्दा तेब्बर फाइदा हुन्छ- नेता खनाल


काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले चीनमा चिया निर्यात गर्न सकेमा भारतमा निर्यात भन्दा तेब्बर बढी फाइदा हुने बताएका छन् ।

आज संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले चीनको बजारमा नेपाली चियालाई बेच्न सकेका ठुलो आर्थिक क्रान्ती हुने बताए ।

भारतीय बजारमार्फत अहिले चिया निर्यात गर्दा ४ अर्बको ब्यापार हुने बताउँदै उनले हरेक वर्ष चीनतिर निर्यात गर्न सकेमा भारतको भन्दा तेब्बर फाइदा हुने उनको भनाई छ । चीनमा चिया निर्यात हुन सके त्यसले नेपाली चिया उतपादनका लागि नयाँ युग नै सुरु हुने नेता खनालले बताए ।
‘भारतीय बजारमार्फत चिया निर्यात गर्दा ४ अर्बको ब्यापार हुन्छ । हरेक वर्ष चीनतिर निर्यात गर्न सकेमा त्यसको दुई वा तीन डबल प्राप्त हुन्छ । यस्तो भयो भने नेपाली चिया उतपादनका लागि नयाँ युग सुरु हुन्छ’, उनले बताए ।

चीनमा नेपाली चियाको बजारका लागि आफूले व्यक्तिगत स्तरमा र परराष्ट्रमन्त्री डा। नारायण खड्काले चीन भ्रमणका क्रममा कुराकानी गरेको पनि उनले बताए ।

धेरै विदेशी मुद्रा भित्र्याउने चियाको बजार संकटमा पर्न लागेको भन्दै खनालले सरकारले तत्कालै यसको अन्तर्राष्ट्रिय बजारको व्यवस्थापन गर्न जरुरी रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार