
काठमाडौं । नेपाल थारु संघ (समाजवादी) को राष्ट्रिय भेला सम्पन्न भएको छ । आज काठमाडौंमा सम्पन्न भेलाले शिवनाथ चौधरीकोे अध्यक्षतामा ८१ सदस्यीय केन्द्रिय कमिटी गठन गरेको छ । भेलाले कमिटीको वरिष्ठ उपाध्यक्षमा पुरुषोत्तम चौधरी, रामप्रसाद चौधरी, महासचिवमा अधिवक्ता श्रावण चौधरी, कोषाध्यक्षमा ई. सुदिप चौधरीलाई चयन गरेको छ ।
समाजवादीबाट प्रतिनिधिसभा सदस्य लक्ष्मी चौधरी अतिथि रहेको भेलामा देशका विभिन्न ठाउँबाट आएका थारु नेता, अगुवा, बुद्धिजिवीहरुको सहभागिता थियो । केन्द्रीय सचिव तथा स्वास्थ बिभाग प्रमुख नागेन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन बलदेव चौधरीले गरेका थिए ।









