
काठमाडौँ । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ विकासका लागि वाम गठबन्धनका उम्मेदवारलाई जिताउन मतदातालाई आग्रह गरेका छन् । सत्ता गठबन्धनका तर्फबाट अछाम जिल्ला प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका मन्त्री कुँवरले अहिलेको गठबन्धन नै देशको समृद्धिका लागि बनेकाले सबै मतदाताले गठबन्धनका उम्मेदवाहरुलाई मत दिएर जिताउन अनुरोध गरेका हुन् ।
अछाम जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर ७ को नन्देगडा र वडा नम्बर ६ को शोडसामा भएको चुनावी सभामा बोल्दै उनले जिल्लाको चौतर्फी विकासका लागि आफू सधै प्रतिबद्ध भएर लाग्ने बताएका छन् । साथै उनले ग्रामीण क्षेत्रको विकास नै देशको विकास भएकोले गाउँघरको विकासका लागि विशेष जोड् दिने बताए ।
उनले भने, ‘गाउँको विकासका लागि निरन्तर खट्ने छु । यसका लागि गठबन्धनलाई जिताउँनुहोस् । मेरो काम भनेको अछाम जिल्लाको चौतर्फी विकास गर्नु हो । तपाईँ गठबन्धनलाई भोट दिनुहोस्, हामी जिल्लाको समस्यालाई बुझेर काम गर्ने छौं ।’
जिल्लाको स्वास्थ,शिक्षा,सडक,संचार सरसफाइ र खानेपानीको क्षेत्रमा आफ्नो पहलमा भए गरेका बिकासको स्मरण गराउदै मन्त्री कुँवरले सुखी र समृद्ध अछामको सपना पूरा गराउन साझा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलार्इ जिताउन सबै मतदातालाई आग्रह समेत गरे ।
मेल्लेख गाउँ पालिका वडा नम्बर ७ को नन्देगडा र वडा नम्बर ६ शोडसामा भएको चुनावी सभामा बोल्दै नेपाली काग्रेशका केन्द्रीय सदस्य एंब पुर्ब मन्त्री गोबिन्दबहादुर शाहले सबै पार्टीका नेता कार्यकर्ता इमान्दार भएर गठबन्धनका उम्मेदवारलाई विजय गराउन पहल गर्नु पर्ने बताए ।












