
सप्तरी । सप्तरी २ मा जनमत पार्टीका उम्मेदवार चन्द्रकान्त (सिके) राउत दोब्बर मतले अगाडि छन् । एमालेको समेत समर्थन रहेका जसपाका उम्मेदवार उपेन्द्र यादव भन्दा रावत दोब्बर मतले अगाडि छन् ।
रावतले १०२० मत पाउँदा एमालेको समर्थन रहेका जसपाका उम्मेदवार उपेन्द्र यादवले ४ सय ५२ मत पाएका छन् ।
राउतसँग दोब्बर मतले अगाडि परेका यादव पछिल्लो मत परिणामअनुसार दोस्रो स्थानमा उक्लिएका छन् । उनले सत्ता गठबन्धनबाट लोसपाका जयप्रकाश ठाकुरलाई पछि पारेका हुन् । ठाकुरले ३०८ मत पाएका छन् भने राप्रपाका उम्मेदवार कैला मंसुरीले ९ मत पाए ।










