चुनावपछि पहिलो पटक एमालेको केन्द्रीय कार्यालय बैठक आज बस्दै


काठमाडौ । नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक आज आज बस्दैछ । मंसिर को चुनावपछि पहिलो पटक बैठक बस्न लागेको हो । एमाले केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा पार्टी केन्द्रीय सचिवालयका एजेन्डाबारे छलफल हुने बताइएको छ । बैठकमा विशेषगरी समानुपातिकतर्फ बन्द सुचीमा नाम रहेकाबारे छलफल हुने बताइएको छ ।

एमालेले समानुपातिक तर्फ लोकप्रिय सवैभन्दा बढी २८ लाख ४५ हजार ४६१ मत ल्याएको छ भने प्रत्यक्षतर्फ ४४ सिट जित्दै दोस्रो दल बनेको छ। केन्द्रीय सचिवालय बैठक अघि एमालेको केन्द्रीय कार्यालय बैठक बस्ने गर्छ । बैठकमा महासचिव लगायत उपमहासचिव र सचिवहरुको सहभागिता रहनेगर्छ। कार्यालय बैठकले

निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको परिणाम सार्वजनिक गरेसँगै दलबीच नयां सरकार गठनबारे रस्साकस्सी सुरु भइसकेको छ । यहिबीचमा दलहरु आ आफ्नो छलफलमा व्यस्त देखिन्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार