राष्ट्रपति पौडेलको भारतको एम्स अस्पतालमा उपचार सुरू

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा उपचार सुरू भएको छ ।स्वास्थ्यमा समस्या आएपछि उनलाई बुधवार बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो ।

नेपालमा उपचार गराउँदा सुधार नभएको भन्दै परिवारका सदस्यहरु र चिकित्सकहरुले थप उपचारका लागि उनलाई भारत लैजान सझाव दिएसँगै पौडेललाई भारत लगिएको थियो ।

राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार