
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफुहरुमाथि घेराबन्दी भइरहेको बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफुहरुलाई चारैतीरबाट घेराबन्दी सातो जाने खालको भएको बताएका हुन् । आफुहरुका लागि आगामी यात्रा पनि सहज नभएको उनको भनाई थियो ।
‘तपाईहरुलाई लाग्ला रास्वपाको बाटो अब सहज छ, २०८४ मा त सजिलो हुन्छ । हो नेपाली जनताले देखाएको बाटो सहज छ तर सम्पूर्ण दलहरुले यो बाटोमा जुन घेराबन्दी गर्दैछन्, सातो जाने खालको छ तर हामी डराउँदैनौं’, लामिछानेले भने ।
रास्वपाले २०८४ को चुनावमा जित हासिल गर्ने अवस्था देखिएपछि चारैतीरबाट बाधा पुर्याउने प्रयास भइरहेको उनले आरोप लगाए ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक रोक्नु र अहिले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा नागकिरता विधेयक प्रमाणीकरण गर्नु पनि गलत भएको सभापति लामिछानेले टिप्पणी गरे ।
भिडियो सामाग्री पनि हेरौं











