
काठमाडौं । अखिल नेपाल महिला संघ (समाजवादी) द्धारा ललितपुर अदालतमा महिला कर्मचारीमाथि भएको हातपात घटनाका घोर भत्सना गर्दै दोषीमाथि कडा कारवाहीको माग गरेको छ । घटनाबारे आज एक विज्ञप्ति जारी गर्दै अनेमसंघ (समाजवादी) ले घटनाका दोषीमाथि कडा कारवाहीको माग गरेको हो ।
“एकीकृत सरकारी कर्मचारी संगठन नेपालका प्रथम राष्ट्रिय अधिवेशन आयोजक कमिटीका सदस्य तथा ललितपुर जिल्ला अदालतमा कार्यरत ना.सु. प्रेमिका तमाङमाथि यहि मिती २०८० । ३ । ३१ का दिन ललितपुर जिल्ला अदालतस्थित आफ्नै कार्यकक्षमा रहेका बेला आफुलाई कानुन व्यवसायी बताउने अमिर लामिछानेबाट भएको सांघातिक आक्रमणको घटनाप्रति अनेमसंघ (समाजवादी) घोर भत्सना गर्दछ । कानुन व्यवसायी भनिने लामिछानेबाट भएको उक्त घटना कानुन र कानुन व्यवसायीको आचारसंहिता विपरित रहेकाले उनलाई काुनन बमोजिम कडा कारवाहीको माग गर्दछौं”, जारि विज्ञप्तिमा भनिएको छ ।
अनेमसंघ (समाजवादी) ले महिला कर्मचारीहरुलाई सहज रुपमा काम गर्ने वातावरण सिर्जना गरीदिन सरकार र सम्बधित निकायसँग जोडदार माग समेत गरेको छ ।
महिला कर्मचारी तामाङमाथि बुधबार अधिवक्ता लामिछानेले अदालतको कार्यकक्षमै मुक्का प्रहार गर्दै लछारपछार गरेका थिए । मुक्का प्रहारबाट तामाङको अगाडीका दुई वटा दाँत हल्लिनुका साथै ओठमा चोट लागेको छ । लामिछानेले लछारपछार गर्दा तामाङको सरकारी पोसाकको बाहुला पनि च्यातिएको छ । घटनापछि प्रहरीले लामिछानेलाई नियन्त्रणमा लिएर अनुसंन्धान गरिरहेको छ ।
जारि विज्ञप्ति पढ्नुहोस















