एफएनसीपी गोकर्णेस्वर नगर समितिको प्रथम भेलाले आङ्फुरी सेर्पाको अध्यक्षतामा १५ सदस्यीय नयाँ समिति चयन


काठमाडौं । नेपाली उपभोक्ता संरक्षण महासंघ (एफएनसीपी) गोकर्णेस्वर नगर समितिको प्रथम भेला सम्पन्न भएको छ । प्रतिनिधी सभाका अर्थ समिति सभापती सन्तोष चालिसेको प्रमुख अतिथ्यमा भेला भव्यताका साथ सम्पन्न भएको हो ।

भेलाले आङ्फुरी सेर्पाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सहमतिको आधारमा नयाँ कार्यसमिति चयन गरिएको नेपाली उपभोक्ता संरक्षण महासंघका केन्द्रीय अध्यक्ष चन्द्र साउँदले अनमोल पोष्टलाई जानकारी दिएका छन् ।

भेलामा केन्द्रीय उपाध्यक्ष सुरेन्द्र कुमार जोशी, सचिव सोभितमान गिरी, सदस्य पबित्रा नेपाल, सुरत साउद, एसोसियट सदस्य सबिता अर्याल, मलिशा शर्मा,नगर प्रबक्ता, वडा सदस्य, सामाजिक अगुवा, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

त्यस्तै भेलाको व्यवस्थान केन्द्रीय समितिका सचिब सोभितमान गिरीले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार