अर्थमन्त्रीले ‘तपाईंको अभियानमा म पनि सँगै हुनेछु’ भनेपछि हर्क सम्पाङ मख्ख

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले खानेपानी समस्याको समाधानप्रति गम्भिर रहेको बताएका छन् ।
आज अर्थ मन्त्रालयमा मेयर साम्पाङसँगको भेटमा मन्त्री पुनले धरानको खानेपानी समस्या समाधानप्रति गम्भिर रहेको बताएका हुन्।
धरानवासीलाई पिउने पानीको व्यवस्था गर्न सरकार गम्भीर रहेकाले आगामी बजेटमा ब्यवस्था गरिने समेत मन्त्री पुनले आश्वासन दिए।

मन्त्री पुनले खानेपानीको दुःखले कतिपय सर्वसाधारण धरानबाट बसाइ सरेर अन्यत्र गएको समेत आफूले सुनेको मेयर सम्पाङसंगको भेटमा उल्लेख गरे ।

खानेपानी आयोजनाको माग सम्बन्धित मन्त्रालयबाट आउनुपर्ने भएकाले खानेपानी तथा सरसफाइ मन्त्रालयसँग पनि कुरा गर्न सम्पाङलाई सुझाव दिए ।

मेयर साम्पाङले धरानबाट करिब १५ किलोमिटर दूरीमा पर्ने चतरास्थित सप्तकोशी नदीबाट लिफ्टिङ गरी पानी ल्याउन सकिने विकल्पबारे मन्त्री पुनलाई अवगत गराएका छन् । उक्त आयोजनाका लागि करिब ५ अर्ब बजेट आवश्यक पर्ने समेत मन्त्री पुनलाई बताए।
मन्त्री पुनले धरानवासीको खानेपानीको समस्या समस्याका लागि मेयर सम्पाङले गरिरेहका प्रयास र श्रम संस्कृती सुरुवातको खुलेर प्रशंसा पनि गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार