
काठमाडौँ । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बन्ने भएका छन् । सोमबार साँझ रास्वपा सभापति रवि लामिछाने, काठमाडौँ महानगरका मेयर बालेन शाह र घिसिङबिच भएको सहमति पछि उनी रास्वपामा उपसभापतिसहित दोस्रो वरीयताको नेता बन्ने भएका हुन् ।
उनीहरु बिच निर्वाचनमा पनि सँगै जाने सहमति भइसकेको छ । स्रोतका अनुसार १६ प्रतिशत भन्दा बढी समानुपातिकको हिस्सा लिने गरी सोमबार बिच सहमति भएको घिसिङको सचिवालय जनाएको छ ।














