
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जितको उन्मादमा सामाजिक सञ्जाल लगायतका माध्यममा जथाभाबी लेखे कारबाही गर्ने चेतावनी दिएको छ । रास्वपाले शनिबार विहान एक विज्ञप्ति जारी गर्दै निर्वाचनको नतिजा आउँदै गर्दा सामाजिक सञ्जालमा जथाभाबी लेखे कारबाही गर्ने चेतावनी दिएको हो ।
पार्टीको केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालद्वारा जारी विज्ञप्तिमा सामाजिक सञ्जालमा जथाभावि नलेख्न र संयमित रहन आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘जनताको अभिमतलाई उच्च मूल्याङ्कन गरी पूर्ण विश्वासका साथ जनादेशलाई ‘विजय उन्माद’ को रूपमा नलिई जिम्मेवारीप्रति पूर्ण बफादार रहँदै जबाफदेहीपूर्ण कार्य सम्पादन गर्नु हाम्रो कर्तव्य हुन आउँछ।’
निर्वाचनको मत परिणाम आइरहँदा पार्टीका विभिन्न पङ्क्तिबाट सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमहरूमा अनावश्यक टीकाटिप्पणी र गतिविधिहरू बढेको महसुस भएको भन्दै आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।











