
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको एशोसिएट्सतर्फ १७ कार्यकारिणी सदस्य निर्वाचित भएका छन् । गएराती सम्पन्न मतगणनामा कुल ३३ उम्मेदवारमध्ये १७ जना निर्वाचित भएका हुन् ।
१८ सय भन्दा बढी एशोसिएट्स सदस्य रहेको महासङ्घमा कार्यकारिणी सदस्यका लागि भएको निर्वाचनमा सबैभन्दा धेरै १ हजार ३९८ मत सचिन ढकालले पाएका छन् । त्यस्तै, निर्वाचितमध्ये सबैभन्दा कम बबु लामिछानेले ८६० मत पाएका छन् ।
अन्यमा हेमन्त गोल्छा १२०२, अम्बिका प्रसाद पौडेल ११९३, उज्ज्वल कुमार श्रेष्ठ ११५६, शक्ति कुमार बेगानी ११४२, ऋषि अग्रवाल ११२२, सुशील थापा १०९४, राजेश कुमार अग्रवाल १०८२, सुयस प्याकुरेल १०६९, रामशरण भण्डारी १०४३, बाबु काजी कार्की १००६, दिवश न्यौपाने ९९१, कृष्ण लाल महर्जन ९८४, शिवराज रेग्मी ९५४, ईश्वर बहादुर जिसी ९४९, सुरज उप्रेती ९०७, बबु लामिछाने ८६० मत पाएर निर्वाचित भएका छन् ।












