मन्त्री चौधरीको सकृयतामा घाटामा डुबेको डीडीसीले दैनिक करोडको ब्यापार गर्दै


काठमाडौं । कृषी मन्त्री गिता चौधरीको सकृतामा घाटामा चुर्लुम्मै डुबेको दूग्ध विकास संस्थान (डीडीसी) ले छोटो समयमा चमत्कार गरेको छ । दुई हप्ताअघि प्रधानमन्त्री बालेन शाह र मन्त्री चौधरीले डीडीसीका उत्पादनहरुको प्रमोसन गर्न थालेपछि बजारमा राम्रै ब्यापार भइरहेको छ ।
डीडीसीले अहिले आफ्ना उत्पादनहरु दूध, दही, घ्यु, आइसक्रिम, याक चिज लगायतका खाद्य सामाग्रीबाट दैनिक एक करोड बढिको ब्यापार समेत गरिरहेको मन्त्री चौधरीले बताइन् । सरकारको स्वामित्वमा रहेको डीडीसी बर्षौदेखि घाटामा छ ।

अहिले सरकारले आफ्नो मातहतमा रहेका संस्थानहरुलाई बलियो र आत्मनिर्भर बनाउने नीति लिएर सोहिअनुसार काम गर्न थालेपछि डीडीसीले पनि बिस्तारै आफ्नो गति लिन थालेको छ । दूध किसानहरुको करोडौं बक्यौता तिर्न बाँकी रहँदा अहिले डीडीसीले
आफ्नो ब्यापारबाट दैनिक १ करोड किसानलाई भुक्तानी दिइरहेको मन्त्री चौधरीले जानकारी दिइन् ।
दूध किसानहरुको बाँकी रहेको करिब ४६ करोड रुपैयाँ २ महिनामा भुक्तानी हुने गरि कार्यभैरहेको मन्त्री चौधरीले बताइन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार