नेकपाका युवा नेता योगेश भट्टराईले पर्यटनमन्त्रीको सपथ लिँदै

प्रधानमन्त्री ओलीले वचन पुरा गरे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नेपाल कम्युनष्टि पार्टी (नेकपा) का युवा नेता योगेश भट्टराई नियुक्त हुने भएका छन्। नेकपाका स्थायी कमिटी सदस्य समेत रहेका युवा नेता भट्टराईले दिउँसो ४ बजे मन्त्रीको सपथ लिने कार्यक्रम रहेको बताइएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई बालुवाटारमा बोलाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्न भनेका थिए।

भट्टराइले दिउँसो शीतल निवासमा सपथ लिने ग्रहण कार्यक्रम तय गरिएको छ । नेता भट्टराई ताप्लेजुङ्गबाट निर्वाचित सांसद हुन ।
गत फागुन १५ गते तात्कालिन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि उक्त मन्त्रालयमा नयां मन्त्री पठाइएको थिएनन् ।

प्रधानमन्त्री ओलीले वचन पुरा गरे
युवा नेता भ्टटराईलाई मन्त्री बनाएर प्रधानमन्त्री केपी ओलीले आफ्नो वचन पुरा गरेका छन् । निर्वाचनको समयमा प्रधानमन्त्री ओली भट्टराइको निर्वाचन क्षेत्र ताप्लेजुङ्ग पुगेर त्यहाँका जनतालाई ‘योगेश भट्टराईलाई जिताउनुस, मन्त्री बनाएर पठाउने छु, भन्दै वचन दिएका थिए । उक्त वचन पुरा गरेकामा ताप्लेजुङका जनतामा खुशीयाली छाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार