
चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछाने, युवराज कँडेल र रुकु भनिने नर्स अस्मिता कार्कीलाई थप ५ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ ।
मंगलबार चितवन जिल्ला अदालतमा भएको म्याद थपको बहसमा सरकारी वकिलले अनुसन्धानको लागि थप १० दिनको म्याद मागेकोमा ५ दिनको म्याद दिइएको हो ।
लामिछानेसहित तीनै जनालाई अदालतको तीन नम्वर इजलासमा आज दिउँसो उपस्थित गराइएको थियो। जिल्ला न्यायाधीश केशव अधिकारीको इजालासमा थप म्यादका लागि बहस भएको थियो ।
अदालतबाट तीनै जनालाई ५ दिन अझै थुनामा राख्ने अुनमती दिइएको चितवन प्रहरी प्रमुख दान बहादुर मल्लले जानकारी दिए ।
यसअघि पनि ५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको थियो । यसबीचमा प्रहरीले पोस्टमार्टम रिपोर्ट, भिडियोको डिजिटल ल्याब रिर्पोट, पुडासैनीले डोरी किनेको सीसीटीभी फुटेजलगायत अन्य रिर्पोटहरुको थप अनुुसन्धान गर्नुपर्ने भन्दै अदालतमा म्याद थपको माग गरिएको थियो ।
चितवनको एक होटलमा झुण्डिएको अवस्थामा भेटिएका पत्रकार पुडासैनीको साथबाट भेटिएको भिडियोका आधारमा उनिहरुलाइृ पक्राउगरी प्रहरीले अनुसंन्धान गरिरहेको छ । पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि रेर्कड गरेको भिडियोमा रविसहित तीन जनाले आफुलाई मर्न बाध्य पारेको बताएका थिए ।
आफ्ना श्रीमानलाई मर्न बाध्य पारेको भन्दै पत्रकार पुडासैनीकी श्रीमतीले पनि रवि लगायत तनिै जनाको नाममा किटानी जाहेरी दिइसकेका छन् ।







