
काठमाडौं । बसपार्कको एक होटलमा एक जोडी मृत भेटिएका छन् । काठमाडौंको नयाँ बसपार्कस्थित मोरङ पर्वत गेस्ट हाउसमा महिला र पुरुष मृत अवस्थामा भेटिएका हुन ।
महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका अनुसार होटलको कोठा नं. १११ मा चितवनका ३७ वर्षीय यमबहादुर मगर र मकवानपुरकी ३० वर्षीया सबिता भनिने सबिना बजगाईं मृत भेटिएका हुन् ।
घटनाबारे अनुसंन्धान भइरहेको प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फणिन्द्र प्रसाईंले बताए । डीइसपी प्रसाईका अनुसार घटनास्थलमा युवकको शव खाटमाथि र युवतीको शव खाटमुनी भेटिएको छ ।
उनीहरु राति ११ बजे होटलमा बसेको र बिहान खान खान बोलाउँदा ढोका नखोलेपछि दिउँसो प्रहरीलाई खबर गर्दा दुबैजनालाई कोठामा नँग्न अवस्थामा मृत भेटाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
कोठामा मदिराका बोतलहरु पनि बरामद भएका छन् । घटनास्थल वरिपरि विष वा अन्य कुनै पनि प्रकृतिका औषधि नभेटिएका दुवैको मृत्यु कसरी भयो भन्ने खुल्न नसकेको अनुसन्धान अधिकृत बताउँछन् ।
घटनास्थलमा फरेन्सिक विज्ञको टोली अनुसन्धानका लागि खटाइएको थियो । प्रहरीका अनुसार दुबै जना विवाहित हुन् । महिलाका श्रीमान् वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा छन् ।













