रवि नायक हुन खलनायक बनाउने काम रोकिनु पर्छ-कलाकार दिपकराज गिरी (भिडियो)

काठमाडौं । कलाकार दिपक राज गिरीले हिरासतमा रहेका संचारकर्मी रवि लामिछाने जनताका नायक भएकाले उनलाई खलनायक नबाउन अनुरोध गरेका छन् ।

शनिवार रिर्पोटस क्लवमा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा उनले आत्महत्या गर्नेहरु सबै निर्दोष र आरोपितहरु सबै दोषी नहुने बताए ।
रविले आवाजविहीनहरुका लागि आवाज उठाएर जनताको मन जित्ने काम गरेकाले अहिले उनलाई सबैले सर्मथन गरिरहेको दिपकको भनाई छ ।
उनले रविलाई ससम्मान रिहा गरिने समेत विश्वास ब्यक्त गरे । घटनालाई लिएर सडकमा देखिएको पक्ष विपक्षका भिडहरुले न्याय नदिने समेत कलाकार दिपकले बताए ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका रवि लगायत अन्य तीन जना विगत दश दिनदेखि चितवन प्रहरी हिरासतमा छन् ।

उनिहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दिएको दोस्रो ५ दिनको म्याद भोली आइतबार सकिदैछ । रवि लगायत तीनजनालाई आत्महत्या दुरुत्साहनको आरोप र पीडितको किटानी जाहेरीका आधारमा प्रहरीले पक्राउ गरी अनुसंनधान गरिरहेको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार