एसपी मल्लको नाममा फेसबुक अकाउन्ट खोली अश्लिल हर्कत गर्नेको खोजि तिर्व, यस्तो हुनेछ कारवाही


काठमाठौं । चितवन प्रहरी प्रमुख एसपी दान बहादुर मल्लको नाममा नक्कली फेसबुक अकाउन्ट खोलेर अस्लिल हर्कत गर्नेको खोजी तिर्व भइरहेको छ । एसपी मल्लको नाममा खोलिएको नक्कली अकाउन्टमा अश्लिल फोटो र स्टाटस राखिएकाले त्यस्तो अपराध गर्नेको खोजि कार्य तिर्व भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यसमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको एसपी मल्लले बताएका छन् ।

“मेरो नामको नक्कली फेसबुक अकाउन्ट खोलेर मेरो चरित्र हत्या गर्ने काम भएकाले त्यस्ता कार्यमा संलग्नको खोजि कार्य तिर्व भइरहेको छ, केहि दिन देखि उक्त आइडी चलाएको देखिन्न”, एसपी मल्लले अनमोलपोस्टसंग भने ।

एसपी मल्लका अनुसार चरित्र हत्या गर्ने उक्त कार्यमा संलग्नको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समेत खोजी कार्य तिर्व पारेको छ ।
पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणलाई लिएर एसपी मल्लमाथी सामाजिक संजालहरुमा विभिन्न आरोप प्रत्यारोप लगाउदै भ्रम सिर्जना गरिदै आएको छ ।

पत्रकार पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका संचारकर्मी रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई चितवन प्रहरीले पक्राउगरी मुद्धा चलाएपछि चितवन प्रहरी र एसपी मल्ल बिरुद्ध विभिन्न आरोप र भ्रमहरु फैलाएको देखिन्छ ।

पत्रकार पुडासैनी आत्महत्या प्रकरणका आरोपितहरु ११ दिन थुनामा बसि सोमबार मात्रै धरौटीमा रिहा भएका छन् । रवि लामिछाने पक्राउको बिरोध गर्दै एसपी मल्लविरुद्ध नाराबाजी लगाउँदै राजीनामाको माग समेत गरिएको थियो ।  रवि लामिछाने पक्राउ परेको भोलिपल्ट अर्थात साउन ३१ मा एसपी मल्लको नाममा नक्कली फेसबुक अकाउन्ट खोलिएको देखिन्छ ।

उक्त अकाउन्टमा एसपी मल्लको चरित्र हत्या हुनेगरी विभिन्न अस्लिल फोटो र स्टाटसहरु पोष्ट गरिएका छन् ।
प्रचलित कानुन अनुसार यसरि सामाजिक संजालमार्फत कसैको चरित्र हत्या गर्ने कार्यमा संलग्नलाई कारवाहीको ब्यवस्था छ ।

कानुन अनुसार यस्तो कार्यमा संलग्नलाई रु १ लाखसम्म जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजाय हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार