एक फाइवस्टार होटलमा बन्दुकधारीद्धारा आक्रमण, सुरक्षाकर्मीको मृत्यु

काठमाडौं । पाकिस्तानको एक फाइवस्टार होटलमा बन्दुकधारीले आक्रमण गर्दा एकजना सुरक्षाकर्मीको मृत्यु भएको छ । होटलका सुरक्षाकर्मीले रोक्न खोज्दा बन्दुकधारीले उनलाई गोली हत्या गरेको बताइएको छ ।

पाकिस्तानी सुरक्षाकर्मीका अनुसार पाकिस्तानको बलूचिस्तान प्रांतको ग्वादर शहरस्थित पर्ल कॉन्टिनेंटल फाइवस्टार होटलमा बन्दुकधारीले आक्रमण गरेको हो । बन्दुकधारीले स्थानीय समयानुसार शनिवार बेलुका ४ बजेर ५० मिनेटरमा होटलमा हमला गरेका थिए ।

तीनजनको संख्यामा आएका बन्दुकधारीहरुले होटलभित्र छिरेर आक्रमण गरेका थिए । होटलका कर्मचारकिा अनुसार मुस्लिम धर्मलम्बीहरुको चाँड रमज़ानको छुट्टिका कारण होटलमा कोहि पनि पाहुना थिएनन र स्टाफ पनि धेरै कम थिए ।
आक्रमणका बेला होटलमा कति मानिस थिए भन्नेबारे अहिलेसम्म कुनै जानकारी बाहिर आउन सकेको छैन ।

घटनाको बलूचिस्तान लिबरेशन आर्मी (बिएलए) ले जिम्मेवारी लिँएको छ । उसले पाकिस्तानमा चीन र विदेशी लगानीकर्ताको बिरोध गर्दै आएको छ । बिएलएसँग सम्बन्धित दाबी गर्ने एक ट्वीटर अकाउन्टमा चीन र पाकिस्तानमाथि थप हमला हुने चेतावनी समेत दिइएको छ ।

घटनास्थलमा ब्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । बन्दुकधारीहरु अहिले पनि होटल भित्रै रहेको र सुरक्षाकर्मीले उनिहरुलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको अन्तराष्ट्रिय समाचारमाध्यमहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार