‘पर्यटक भित्र्याउने उद्देश्यले निगमले जहाज किन्दैछ’

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले जहाज खरिद गर्न लागेको बताएका छन् ।

आज ४४औँ विश्व पर्यटन दिवसका अवसरमा लतिलपुरको पाटन दरबार क्षेत्र परिसरमा आयोजित कार्यक्रममा बोल्दै मनत्री किरातीले बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले निगमले जहाज खरिद गर्न लागेको बताएका हुन् ।

निगमले राष्ट्रिय ध्वजावाहक जहाज खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको समेत उनले बताए ।

जहाज खरिदका विषयमा नकारात्मक टिप्पणी भइरहे पनि सरकारले पारदर्शीपूर्ण ढङ्गले खरिद प्रक्रिया अघि बढाएको र कुनै किसिमको अनियमितता नहुने मन्त्री किरातीले विश्वास दिलाए ।

निगमको आन्तरिक उडानका लागि आन्तरिक स्रोतबाट नै तीन वटा ट्विनअटर जहाज खरिद गर्न लागेको उनको भनाई छ । निगमसँग हाल आन्तरिकतर्फ दुई थान ट्विनअटर र अन्तर्राष्ट्रियतर्फ दुई थान वाइड बडी र दुई थान न्यारोबडी जहाज छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार