हिन्दूनारीहरुको महानपर्व तीज मनाइदैं, यसको महत्व र बढ्दै गइरहेको बिकृती थाहा पाउनुस


ठमाडौं । आज हिन्दूनारीहरुको महानपर्व हरि तालिका तीज मनाइदैछ । महिलाहरुले हिजो राती तीजको दर खाइसकेपछि निराहर बर्त बस्दै आज बिहानै शिवालयमा गई पुजा आराधना गर्ने गर्छन ।

आज बिहानै देखि देशभरका शिवालयहरुमा महिलाहरुको घुँइचो छ । देशकै प्रमुख धार्मिकस्थल पशुपति मन्दिरमा भने बिहानै ३ बजेदेखि नै पुजा आराधनाका लागि महिलाहरु लाइनमा लागेका छन् ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । विवाहित महिलाहरुले आफ्नो श्रीमानको लामो आयु र अविवाहित महिलाहरुले असल श्रीमान प्राप्तीका लागि पनि तीजको बर्त बस्ने गरिन्छ ।

तीजमा विशेषगरी विवाहित महिलाहरु जन्मघर (माइती) जाने र त्यहाँ मिठिा मिठा परिकार दरका रुपमा खाने चलन छ। माईत जान नसक्नेले आफ्नै घरमा पनि दर खाने गरिन्छ ।

महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई तीजका अवसरमा गीतको माध्यमबाट सुनाउने पनि गरिन्छ । तर, पछिल्लो समयमा तीजका नाममा उच्छृङ्खल कृयाकलाप र अनावश्यक तडक भडकले यसको मौलक पहिचान ओझेलमा पर्दैछ ।

तीजका नाममा उर्छिङगल गीत संगीत र शहरिया तडक भडकले यसको महत्वमाथी नै प्रश्न उठिरहेको धेरैको भनाई छ । तीजका नाममा अनावश्यक गरगहना प्रर्दशन गर्ने होडवाजी समेत देखिने गरेको मा यसले समाजमा नकरात्मक प्रभाव समेत परिरहेको छ ।

तीजको सुरुवात यसरि भयो


सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् ।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् ।

यसरी पार्वती साथीद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका ९तीज० को व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रमा उल्लेख भएको पाइन्छ ।

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद्हरुको भनाई छ ।

तीन किसिमका बर्त
महिलाहरुके महान पर्व हरि तालिका तीजमा ३ किसिमका बर्त छन् । “निराहार, जलाहार र फलाहार । तीजमा भोको बस्न सक्नेले निराहार (केही नखाए) नसक्नेले जलाहार (पानी खाएर) र त्यो पनि नसक्नेले फलाहार (फल खाएर) बर्त बस्ने गर्दछन् ।

“सर्वतः आत्मानं गोपायेत्” अर्थात् सबैतिरबाट आत्माको रक्षा गर अनिमात्र व्रत गर भन्ने धर्मशास्त्रीय वाक्यलाई पनि विचार गरेर व्रत गर्नु उत्तम हुने धार्मिक गुरुहरुको भनाइृ छ ।

भिडियो पनि हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार