छोरीलाई विष खुवाएर बुवाले गरे आत्महत्या

कैलाली । कैलालीमा छोरीलाई विष खुवाएर  बुवाले आत्महत्या गरेका छन् । छोरीलाई विष खुवाएर आत्महत्या गर्नेमा कैलालीको गौरीगंगा नगरपालिका ५ का रामबहादुर कलेल रहेका छन् ।

उनले आफ्नी ३ वर्षीया छोरी अनुष्कालाई सल्पास नामक बिषादी खुवाएर आफूले पनि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कलेलकी श्रीमती सरिता कलेल पनि गत वैशाख १६ गते कोठामै झुण्डिएर आत्महत्या गरेकी थिइन् । सरिताका माइती पक्षले भने रामबहादुरविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा हालेका थिए ।

माइती पक्षको मुद्धाका आधारमा उनलाई जेठ २६ गते जिल्ला अदालत कैलालीले पूर्पक्षका लागि थुनामा पठाएको थियो ।

साउन २२ गतेको अदालतको इजलासले निर्दोष ठहर गरेपछि कलेल छुटेका थिए । छुटेको झण्डै डेढ महिनापछि उनले छोरीसहित आत्माहत्या गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार