काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । उनले आफूमाथि लागेको आरोपको छानविन नसकिँदासम्मका लागि शर्तको राजीनामा दिएको बताएका छन् ।
साथै उनले सत्यतथ्य छानविनका लागि अनुसन्धानमा सहज होस् भनेर नैतिकताका आधारमा राजीनामा दिएको बताए ।
उनलाई राजीनामा दिनका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुख र प्रतिनिधिसभा सदस्य (सांसद) पदबाट राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न सुझाएको थियो ।
राजिनामा पत्र

संविधानविद भन्छन् महराको शर्तको अर्थ छैन
सभामुख कुष्णबहादुर महराले आफूमाथि लागेको आरोपको छानविन नसकिँदासम्मका लागि राजिनामा दिएको बताए पनि संविधानविद् भने राजीनामा शर्त राखेर नहुने बताउँछन् । संविधानविदका अनुसार ‘राजीनामा शर्तसहित हुँदैन ।’
महरामाथि संसद सचिवालयकै महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएकी छन् । महराले भने आरोप अस्वीकार गर्दै आएका छन् ।










