
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बुधबार काठमाडौंमा दशैं, तिहार, नेपाल सम्वत् र छठ पर्वको अवसरमा भव्य चियापन कार्यक्रम सम्पन्न गर्यो ।
भृकुटीमण्डपमा आयोजित उक्त शुभकामना तथा चियापान कार्यक्रममा नेकपाका अधिकांस नेता, कार्यकर्ता, शुभचिन्तक लगायत प्रमुख प्रतिपक्षी दल काँग्रेसका सभापति शेर बहादुर देउवा लगायत काँग्रेसका शिर्ष नेताहरु उपस्थित भए । कार्यक्रममा विभिन्न देशका राजदुत, कुटनितिज्ञ लगायतको पनि सहभागिता रह्यो ।
चियापानमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले शुभकामना सहित सम्बोधन गरे । नेकपाको चियापान अन्य बर्षको तुलनामा बिषेश नै थियो ।
कार्यक्रममा प्रगतिशिल तथा जागरण गीत संगीत र नृत्यहरुले सहभागिहरुलाई मनोरंजन समेत दिएको थियो । कार्यक्रममा निमार्ण गरिएको मंचबाट कलाकारहरुले आफ्ना प्रस्तुतीमार्फत नेताहरुलाई सचेत पार्दै जनताको सपना र आसा नटुटाउन अनुरोध गरिरहेका थिए ।
कार्यक्रममा सहभागिहरु निकै उत्साहित देखिन्थे । मंचमा रहेका शिर्ष नेताहरु एक अर्कालाई शुभकामना दिनमा ब्यस्त थिए । उनिहरु बिच- बिचमा नजिकै रहेका नेताहरुसंग कानेखुशी समेत गरिरहेका देखिन्थे । केहि तस्बिरहरु हेर्नुहोस:



















