मूर्ति विसर्जनबारे विवाद बढेपछि कपिलवस्तुको कृष्णनगरमा कर्फ्यूू, स्थिती तनावग्रस्त

कपिलवस्तु । लक्ष्मीपूजाको मुर्ति विसर्जन गर्ने बारे विवाद बढेपछि कपिलवस्तुको कृष्णनगरमा कर्फ्यू लगाएको छ । मूर्ति विसर्जनका क्रममा सुरु भएको दुईपक्षीय विवाद हिंसाको तहसम्म पुगेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यूू लगाएको हो ।

स्थिति नियन्त्रणका क्रममा प्रहरी र स्थानीय समुदायबीच झडप भएको छ । झडपमा केही प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी दीप शमशेर राणाले बताए ।

शासन कार्यालयले कृष्णनगर भन्सार कार्यालयदेखि ७ सय मिटर उत्तर, पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटरको क्षेत्रमा बिहीबार बिहान ११ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू जारी गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार