
दार्चुला । बाघको छालासहित एक सशस्त्र प्रहरी जवान पक्राउ परेका छन् । दार्चुलाको दुहुँ गाउँपालिका–३ तिमुरपाटा क्षेत्रबाट बाघको छालासहित सशस्त्र प्रहरीका जवान दुहुँ–२ हिकिला दार्चुलाका दीपकसिंह बडाल पक्राउ परेका हुन ।
चरि बाघको छालासहित गएराती पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाले शनिबार बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
बडालले बाघको छाला झोलामा लुकाएर सदरमुकाम ल्याउने क्रममा दुहु गाउपालिका ३ स्थित दार्चुला तिंकर सडक खण्डको तिमुरपाटा क्षेत्रमा प्रहरीको गस्ती टोलीले चेकजाच गर्दा बडालला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख प्रहरी निरीक्षक रविन्द्र कठायतले जानकारी दिए ।
बडालबाट बरामद भएको बाघको छाला ३९ इञ्च लामो र १० इञ्च चौडा रहेको निमित्त प्रहरी निरीक्षक रवीन्द्र कठायतले बताए ।
बडाल दार्चुलास्थित सशस्त्र प्रहरी सुरक्षा गुल्म नम्बर ५० मा जवान पदमा कार्यरत छन् ।
ससत्र प्रहरकिा जवान बडाललाई थप अनुसन्धानका लागि अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलालाई बुझाइएको छ ।
छालासहित पक्राउ परेका उनलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार एक लाख जरिवाना, १५ वर्ष कैद तथा दुवै सजाय हुन सक्नेछ ।











