दाङ । सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले प्रदेश ५ को राजधानी दाङलाई बनाउन आफुले पहल गर्ने बताएका छन् । आज (बुधबार) बिहान दाङमा संचारकर्मीहरुसंग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, “राजनीतिक आन्दोलन र परिवर्तनमा दाङको ठुलो भूमिका छ, त्यसैले प्रदेश ५ को राजधानी दाङ उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ,म त्यसका लागि पहल गर्छु, गरिरहेको छु ।”
प्रदेशको राजधानी टुंगो लागिसकेपछि विकास प्रक्रियाले गति लिने बताउँदै अध्यक्ष प्रचण्डले दाङ जिल्लाले खेल्ने भूमिका प्रदेशस्तरमा मात्र नभइ राष्ट्रिय स्तरमा पनि महत्त्वपूर्ण रहने बताए । हाल प्रदेश ५ को अस्थायी राजधानी रुपन्देहीको बुटवल रहेको छ ।









