धनगढी । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले राजीनामा दिएका छन् । पौने १६ करोड कीर्ते अभियोग लागेका राज्यमन्त्री रावलले आइतबार राजीनामा दिएका हुन् ।
उनले मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका छन् । महेन्द्रनगरस्थित जनज्योती बहुमुखी क्याम्पसको १५ करोड ६७ लाख ५० हजार रुपैयाँ बराबरको सेयर किनबेचमा कीर्ते गरेको अभियोगमा रावलसहित उनीसहित १६ जनाविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर भएको थियो ।












