१३ औं दक्षिण एसियाली खेलकुद (साग) को भव्य उद्घाटन (फोटाेसहित)

काठमाडौं । त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को भव्य उद्घाटन गरिएको छ । प्रतियोगिताको एक समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन् ।

उद्घाटनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विद्यार्थी र विभिन्न जातजातिका झाँकी प्रदर्शन गरिएका थिए ।

नेपालमा तेस्रो पटक साग आयोजना भएको हो । सन् १९९४ मा नेपालबाटै शुरु भएको सागको आठौं संस्करण नेपालले १९९९ मा आयोजना गरेको थियो ।

१३ औं सागमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, माल्दिभ्स र भुटानका करिब ३ हजार खेलाडीले २६ खेलमा ३१७ स्वर्ण, ३१७ रजत र ४८१ कास्यका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यसअघि सोहि प्रतियोगिताको पोखरामा पनि उद्घाटन गरिएको छ ।

उद्घाटन समारोहमा देखिएका केही तस्विरहरु

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार